काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी पिपलबोट चोकमा करिब ३ करोड रुपैयाँको लगानीमा ‘किनमेल मार्ट’ सञ्चालनमा आएको छ।
दैनिक उपभोग्यसहित आवश्यक सामग्री एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो। मार्टका सञ्चालक फणिन्द्रराज न्यौपानेले स्थानीयवासीलाई गुणस्तरीय सामान खरिदका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्य रहेको बताउनुभयो।

मार्टले स्थानीय उत्पादनलाई बजार दिने लक्ष्यसमेत राखेको छ। मार्ट सञ्चालनसँगै १० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
सञ्चालनको अवसरमा एक सातासम्म विशेष ओपनिङ अफर तथा उपभोक्ताको खरिदका आधारमा विभिन्न छुटको व्यवस्था गरिएको मार्टले जनाएको छ।
२०८३ भाद्र १३, शनिबार १६:४७ प्रकाशित







