काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य तीव्र पारिएको छ। बाढीबाट घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उपत्यकाका १३ अस्पतालमा बाढी प्रभावितको उपचार भइरहेको छ।
यता त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि उत्खनन जारी छ। अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको र दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बाढीबाट प्रभावित तथा पुरिएका अन्य आयोजनामा पनि उद्धार कार्य जारी छ। उद्धारमा सहयोग गर्न चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुई टोली नेपाल आउँदैछन्।
२०८३ भाद्र १३, शनिबार १५:३२ प्रकाशित


