मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप


काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

संविधान तथा बागमती प्रदेशसभा नियमावलीबमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ।

२०८३ भाद्र ७, आईतवार १५:३६ प्रकाशित
ट्रेन्डिङ समाचार