जनकपुरधाम । सिराहा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार राति गोलबजार नगरपालिका–३ स्थित विकास होटल अगाडि मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा ११.६२ मिलिग्राम ब्राउन सुगर र नगद २ हजार ९२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दिपककुमार यादव, वडा नम्बर ७ का २० वर्षीय आशिक महतो र वडा नम्बर ६ का १८ वर्षीय राजेशकुमार दास रहेका छन्।
प्रहरीका अनुसार उनीहरू मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा कसहाबाट गोलबजारतर्फ आउँदै थिए। पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।
२०८३ भाद्र ७, आईतवार ११:५२ प्रकाशित


