रास्वपा कम्युनिस्टको मुख्य वर्ग शत्रु बनेको खनालको दाबी


काठमाडौं । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको आरोप लगाएका छन्।

कोशी प्रदेश समितिको एकता तथा प्रशिक्षण कार्यक्रममा उनले २०६२/६३ पछि नेपाली कांग्रेसले निर्वाह गरेको भूमिका अहिले रास्वपाले लिएको दाबी गरे। रास्वपा अहिले कम्युनिस्ट शक्तिको मुख्य प्रतिद्वन्द्वी बनेको उनको भनाइ छ।

सरकारका आर्थिक नीति र बजेटले तल्लो वर्गलाई राहत दिन नसकेको तथा सीमित वर्गलाई मात्रै फाइदा पुगेको खनालले आरोप लगाए। उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिको पराजय नेतृत्वका कमजोरी र कार्यकर्तामा बढेको असन्तुष्टिको परिणाम भएको बताए।

खनालले सबै कम्युनिस्ट शक्ति एकताबद्ध भएर विगतका कमजोरी सच्याउँदै समाजवादी रूपान्तरणको आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिए।

२०८३ भाद्र ६, शनिबार १९:१५ प्रकाशित
ट्रेन्डिङ समाचार