काठमाडौं । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
आपराधिक घटनामा संलग्न भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियान तीव्र पारिएको क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई कुल २२ वर्ष २ महिना २३ दिन कैद सजाय तोकिएको थियो। उनीहरूबाट २ करोड ९ लाख १९ हजार ९ सय ४९ रुपैयाँ जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
२०८३ भाद्र ४, बिहीबार १७:३६ प्रकाशित


