काठमाडौं । सक्रिय मनसुनका कारण आज देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ भने तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।
महाशाखाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन सबैलाई आग्रह गरेको छ।
२०८३ श्रावण २२, शुक्रबार ०७:१० प्रकाशित

