काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल गर्नेछ।
कानुन, न्याय तथा मानवअधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ।
यस्तै, पूर्वाधार विकास समितिले विद्युत् वितरण लाइन र पोल व्यवस्थापनमा ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
२०८३ श्रावण २२, शुक्रबार ०९:०३ प्रकाशित

