काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा प्रतिनिधि सभाको आगामी कार्यतालिकाबारे छलफल हुनेछ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि तय गरिएको छ।
२०८३ श्रावण २०, बुधबार १०:३८ प्रकाशित

