रोमानियामा रेल दुर्घटना : दुई नेपालीको मृत्यु


काठमाडौं ।  रोमानियाको पूर्वी सहर बाकाउमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे भएको दुर्घटनामा उद्धार टोली घटनास्थल पुग्दासम्म दुवैको मृत्यु भइसकेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतक नेपाली नागरिक रहेको पुष्टि भए पनि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।

दुर्घटनाको कारणबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

२०८३ श्रावण १९, मंगलवार १०:१५ प्रकाशित
ट्रेन्डिङ समाचार