काठमाडौं । रोमानियाको पूर्वी सहर बाकाउमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे भएको दुर्घटनामा उद्धार टोली घटनास्थल पुग्दासम्म दुवैको मृत्यु भइसकेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतक नेपाली नागरिक रहेको पुष्टि भए पनि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।
दुर्घटनाको कारणबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
२०८३ श्रावण १९, मंगलवार १०:१५ प्रकाशित

