‘सरकार असफल भए राष्ट्र संकटमा पर्न सक्छ : प्रचण्ड’


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असफल भए नेपाल राष्ट्र नै संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

उनले सरकार शान्ति–सुरक्षा, सुशासन तथा जनताको आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न असफल भएको सन्देश फैलाएर नेपाललाई असफल राष्ट्र बनाउने प्रयास हुन सक्ने आशंका व्यक्त गरे। यद्यपि, यो आफ्नो व्यक्तिगत चिन्ता मात्र भएको र कसैमाथि आरोप नभएको उनले स्पष्ट पारे।

प्रचण्डले सरकारलाई नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्दै सरकार असफल हुने छुट नभएको बताए। उनका अनुसार सरकारको असफलताले केवल सरकारमा रहेका व्यक्तिहरूलाई मात्र होइन, समग्र राष्ट्रलाई नै असर पार्ने खतरा छ।

२०८३ श्रावण १४, बिहीबार १६:१७ प्रकाशित
ट्रेन्डिङ समाचार