काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुक्रबार जारी सन्देशमा उनले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आज पनि सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताएका छन्। उनले पुष्पलालले जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि जीवन समर्पण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक दिशा दिएको उल्लेख गरेका छन्। साथै, पुष्पलालको विचार र संघर्षले वर्तमान पुस्तालाई समेत प्रेरणा दिइरहेको नेता नेपालको भनाइ छ।