विनियमावली पारितको माग गर्दै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा


काठमाडौँ ।   भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले कर्मचारी सेवा तथा सर्तसम्बन्धी विनियमावली तत्काल पारित गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्। लामो समयदेखि विनियमावली स्वीकृत नहुँदा ३७२ कर्मचारीको पदोन्नति, सेवा–सुविधा, वृत्ति विकास तथा स्थायी प्रक्रियामा समस्या परेको उनीहरूको भनाइ छ।

कर्मचारीहरूले कालोपट्टी बाँधेर सांकेतिक विरोध गरिसकेका छन् भने माग सम्बोधन नभए कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दीसहित आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन्। अस्पताल प्रशासनले पनि विनियमावली नहुँदा नियुक्ति, बढुवा, बिदा तथा अन्य प्रशासनिक कार्य कानुनी अन्योलमा परेको स्वीकार गरेको छ।

२०८३ श्रावण ७, बिहीबार ०८:२१ प्रकाशित
ट्रेन्डिङ समाचार