उपत्यकामा १६९ शंकास्पद व्यक्ति पक्राउ, ४०० बढी ट्राफिक कारबाहीमा


काठमाडौं ।  काठमाडौं उपत्यकामा गत २४ घण्टामा प्रहरीले शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये काठमाडौंबाट १५६, ललितपुरबाट ११ र भक्तपुरबाट २ जना रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस अवधिमा २६ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ।

यस्तै, ट्राफिक प्रहरीले विभिन्न नियम उल्लंघन गर्ने ४०० भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। तीव्र गतिमा सवारी चलाउने, रातो बत्ती उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, अव्यवस्थित पार्किङ गर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने चालकहरू कारबाहीमा परेका छन्।

२०८३ श्रावण ७, बिहीबार ०९:५२ प्रकाशित
ट्रेन्डिङ समाचार