काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उच्चस्तरीय जाँचबुझ समिति–२०७७ को प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये बाल मन्दिरका कार्यसमितिका सदस्य र सचिव रहेको जनाइएको छ। उनीहरूमाथि बालबालिकाको भरणपोषण तथा शिक्षाका लागि प्राप्त रकम दुरुपयोग गरेको आरोप छ। यसअघि पनि नेपाल बाल सङ्गठनको जग्गा ७९ वर्षका लागि सस्तो भाडामा दिएको प्रकरणमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको थियो।