प्रतिनिधिसभा आज बस्दै, चार विषय कार्यसूचीमा


काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–०८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने कार्यसूची छ।

साथै, राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गरिनेछ भने नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

२०८३ असार २५, बिहीबार ०८:०४ प्रकाशित
ट्रेन्डिङ समाचार