काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
आज राति पनि अधिकांश स्थानमा बदली रहने र विशेषगरी मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
२०८३ असार २४, बुधबार ०७:३० प्रकाशित



