धुलिखेल–खावा सडकमा असार १४–२८ सम्म सवारी सञ्चालनमा कडाइ
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा भइरहेको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा कडाइ गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको विकास सहजीकरण बैठकले ट्रिपरको प्रवेश पूर्ण रूपमा रोक्ने तथा अन्य यात्रुवाहक र मालवाहक सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेश निषेध गर्ने निर्णय गरेको हो। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी भने नियमित रूपमा सञ्चालन हुनेछन्।
निर्माण कार्यका क्रममा एक लेन मात्र सञ्चालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ।