हाइटीविरुद्ध ब्राजिल ३–० ले अगाडि


काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीविरुद्ध जारी खेलमा ब्राजिलले पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा म्याथियस कुन्हाले २३औं र ३६औं मिनेटमा दुई गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले थप एक गोल गर्दै ब्राजिललाई सहज अवस्थामा पुर्‍याए।

पहिलो हाफभरि ब्राजिलले खेलमा स्पष्ट दबाब कायम राखेको थियो।

२०८३ असार ६, शनिबार ०८:०४ प्रकाशित
ट्रेन्डिङ समाचार