काठमाडौँ । पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमतीसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ।
२०८३ जेष्ठ २९, शुक्रबार ०७:०२ प्रकाशित

