काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । सडक ढलान योजनाको भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार यादवबाट नगद, ल्यापटप, मोबाइल तथा सरकारी कागजातसमेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
२०८३ जेष्ठ ९, शनिबार १०:५३ प्रकाशित



