काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोले पुल, सडक तथा घरमा ठूलो क्षति पुर्याएको छ। तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुल बाढीले बगाएको छ भने विभिन्न खोलाका झोलुङ्गे र पक्की पुलमा पनि क्षति पुगेको छ।
पहिरोले दुई घर बगाउँदा परिवारहरू सुरक्षित स्थानमा सारिएका छन्। मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ। प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।