काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। बढ्दो ट्राफिक जाम, वायु प्रदूषण, सवारी चाप र सार्वजनिक यातायात व्यवस्थापनमा देखिएका समस्यालाई आधार बनाउँदै यस्तो निर्णय गरिएको विभागले जनाएको छ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्र सातै प्रदेश तथा स्थानीय तहमा पठाइएको छ। निर्णयअनुसार इन्धन तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीको नयाँ दर्ता तत्कालका लागि रोकिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सार्वजनिक हित, वातावरणीय प्रभाव र सडक अवस्थालाई ध्यानमा राख्दै विभागले नयाँ दर्ता रोक्ने निर्णय गरेको जनाएको छ।
२०८३ जेष्ठ ८, शुक्रबार २०:२८ प्रकाशित


