सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो


काठमाडौँ  । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ। बिहीबारको तुलनामा प्रतितोला १०० रुपैयाँले घट्दै सुन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच चाँदीको मूल्य भने प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ४ हजार ५ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८३ जेष्ठ ८, शुक्रबार ११:३० प्रकाशित
ट्रेन्डिङ समाचार