नेपाल डेटा सेन्टर हब बन्ने सम्भावना बढ्दै


काठमाडौं । नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा डेटा सेन्टरको महत्व पनि बढ्न थालेको छ। काठमाडौँ र वीरगञ्जमा टायर–४ स्तरको ‘हाइपरस्केल’ डेटा सेन्टर निर्माणको घोषणा भएसँगै नेपाल डेटा सेन्टरको क्षेत्रीय हब बन्न सक्ने सम्भावना देखिएको विज्ञहरूले बताएका छन्।

हुवावे टेक्नोलोजीका निर्देशक रोहितचन्द्र शाहका अनुसार बैंकिङ, क्लाउड कम्प्युटिङ, एआई, फाइभ–जी र डिजिटल सेवाको विस्तारसँगै डेटा सेन्टरको आवश्यकता बढेको हो। नेपालमा चिसो हावापानी र तुलनात्मक रूपमा सस्तो ऊर्जा उपलब्ध भएकाले डेटा सेन्टर सञ्चालन लागत कम हुने बताइएको छ।

हाल नेपालमा सरकारी तथा निजी क्षेत्रले डेटा सेन्टर पूर्वाधार विस्तार गरिरहेका छन् भने सरकारले पनि ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यद्यपि उच्च लागत, साइबर सुरक्षा, स्थिर विद्युत् आपूर्ति र स्पष्ट कानुनी व्यवस्था भने अझै चुनौतीका रूपमा रहेका छन्।

२०८३ जेष्ठ ७, बिहीबार २०:५८ प्रकाशित
ट्रेन्डिङ समाचार