उन्नत उखु खेतीमार्फत चिनीमा आत्मनिर्भर बन्ने सरकारी योजना
काठमाडौं । सरकारले चिनीमा परनिर्भरता अन्त्य गर्न उन्नत जातका उखु खेतीमार्फत उत्पादन वृद्धि गर्ने योजना अघि सारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार किसानलाई आधुनिक प्रविधिको प्रयोगमा सहजीकरण गरिनेछ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले उत्पादन प्रवर्द्धन, बजार अनुगमन र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको हो। मन्त्रालयले हाल मौज्दात चिनीले करिब आठ महिनाको माग धान्ने जनाएको छ भने उपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह गरेको छ।