प्रधानमन्त्री शाह संसदबाट बाहिरिएपछि विवाद चर्कियो


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री  बालेन्द्र शाह बीचैमा प्रतिनिधिसभा बैठक छोडेर बाहिरिएपछि राजनीतिक दल तथा नागरिक समाजमा व्यापक आलोचना भएको छ।

नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको उक्त व्यवहार संसदीय मर्यादाविपरीत भएको भन्दै नियमापत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीले राष्ट्रिय पोसाक नलगाएको, नीति तथा कार्यक्रम बहिष्कार गरेको र प्रस्तुतिको क्रममा संवाद तथा छलफलमा संलग्न भएको विषयलाई पनि आपत्तिजनक बताएका छन्।

यस्तै, नेपाली कांग्रेसले प्रधानमन्त्रीको व्यवहारले संसदीय परम्परा र संवैधानिक गरिमामाथि चोट पुगेको टिप्पणी गरेको छ। अन्य दलका नेताहरू तथा नागरिक अगुवाहरूले पनि प्रधानमन्त्रीको उक्त कदमप्रति आलोचना व्यक्त गरेका छन्।

२०८३ बैशाख २९, मंगलवार ११:१२ प्रकाशित
ट्रेन्डिङ समाचार