पूर्वगृहमन्त्री लेखक र सचिव दुवाडीलाई ‘क्लिनचिट’


काठमाडौ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतले ‘  ‘क्लिनचिट’.पाएका छन् । भिजिट भिसा प्रकरणमा अख्तियारको छानविनमा रहेका उनीहरुविरुद्ध कुनै प्रमाण नभेटिएपछि अख्तियारले अब उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णयगरेसँगंै लेखक र दुवाडीले ‘क्लिनचिट’  पाएका हुन् ।

अख्तियारले यस अघि तत्कालीन अध्यागमन प्रुमख सहसचिव तिर्थराज भट्टराईमाथि मुद्दा चलाउँदा लेखक र दुवाडी माथि अनुसन्धान भइरहेको भनी विशेष अदालतमा जानकारी पठाएको थियो । तर अहिले आएर अख्तियारले ‘केही पनि प्रमाण नभेटिएको’ भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।
‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जे जति मुद्दा चल्यो, त्यही नै हो । त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने, ‘मुद्दा नचल्ने निष्कर्ष सहित अनुसन्धान नै टुंगिएको छ ।’
७ जेठ, २०८२ मा अध्यागमनका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरणमा अनियमितता भएको खुलेको थियो ।
मिलेमतोमा कर्मचारीहरू विमानस्थल अध्यागमनमा पठाउने र त्यसक्रममा लाभ लिनेगरेको आरोपमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, गृह मन्त्रालयका सहसचिव(पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका) छविराज रिजाल लगायतहरू मुछिएका थिए ।
अख्तियारले २१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो । त्यतिबेला नै विशेष अदालतमा विवरण पठाएर अख्तियारले पूर्वगृहमन्त्री लेखक लगायतमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

 

 

२०८३ बैशाख २७, आईतवार १९:४७ प्रकाशित
ट्रेन्डिङ समाचार