आज देशभर मौसम बदली हुने,कहाँ कहाँ पर्न सक्छ पानी ? र हिउँ ?


काठमाडौं
अज देशभर विहानैदेखि साधारणतया बादल लागेको छ। अहिले कोसी प्रदेशका थोरै स्थान, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान तथा मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपात साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी मौसम महाशाखाले नेपालखबरलाई दिएको छ।

२०८३ बैशाख २५, शुक्रबार ११:४५ प्रकाशित
ट्रेन्डिङ समाचार