काठमाडौ
केहि दिन अघि मात्रै २२ जना सहसचिवको सरुवा गरेको सरकारले फेरि ११ जना सहसचिवको सरुवा गरेको छ । पछिल्ला दिनमा सरकार कर्मचारी सरुवामा रमाउन थालेको छ । गत २१ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा रहेका ११ जना सहसचिवहरुको सरुवा गरेको हो । सरुवा दक्षता र क्षमताका आधारमा भन्दा पनि हुचुवाको आधारमा गरेको पाइएको छ ।
२०८३ बैशाख २३, बुधबार १७:२५ प्रकाशित


