काठमाडौँका नदीकिनारका अतिक्रमित बस्ती खाली गरिने, शुक्रबार बिहानैदेखि डोजर चल्ने


काठमाडौं
काठमाडौँका सुकुम्वासी बस्ती शुक्रबारदेखि हटाउन सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सूचना जारी गर्दै जिल्लाभरका नदी किनारका सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनेका सुकुम्वासी तथा जोखिमपूर्ण बस्ती खाली गर्ने अभियान शुक्रबार बिहानदेखि सुरु गर्ने जनाएको हो ।प्रशासनका अनुसार शुक्रबार बिहान ७स्०० बजेदेखि काठमाडौँभरका विभिन्न स्थानमा सुकुम्वासी बस्ती एकैसाथ हटाउने कार्य अघि बढाइने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले हस्ताक्षर गरेको सूचनामा नदी किनारका बस्तीहरू मानविय उद्धार तथा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि हटाउन लागिएको उल्लेख छ ।ट

 

२०८३ बैशाख १६, बुधबार २३:०२ प्रकाशित
ट्रेन्डिङ समाचार