संघीय निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार पाँच सयभन्दा बढी सुझाव प्राप्त


काठमाडौं
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको ुसङ्घीय निजामती सेवा विधेयकुको प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूले चासो देखाएका छन् । मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएको छोटो अवधिमै हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् ।

सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकबाट उत्साहजनक रूपमा सुझावहरू प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।

सुझाव संकलन र विश्लेषणका लागि कार्यसमूह गठन
प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरेको छ ।

उक्त कार्यसमूहले प्राप्त राय(सुझावहरूको औचित्य र उपयुक्तताका आधारमा मस्यौदालाई परिमार्जन गर्ने कार्य गरिरहेको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले यो प्रारम्भिक मस्यौदा मात्र भएको र यसमा सुधारका धेरै क्षेत्रहरू रहेको स्वीकार गर्दै सरोकारवालाहरूलाई ढुक्क हुन आग्रह गरेको छ ।

२०८३ बैशाख १४, सोमबार २३:१५ प्रकाशित
ट्रेन्डिङ समाचार