काठमडौ
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । सो अनुसार अनुसन्धान गर्न भन्दै प्रहरीले रिजाललाई पक्राउ गरेको हो । त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए । यही प्रकरणमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक शुक्रबार नै पक्राउ परिसकेका छन् ।
२०८२ चैत्र १७, मंगलवार १०:१६ प्रकाशित



