प्रधानमन्त्री बालेनले सांसदसँग लिए समस्याका विषय


काठमाडौ
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले सोमबार सांसदहरुसँग भेट गरी विभिन्न समस्याका बारेमा जानकारी लिन थालेका छन् ।
प्रदेशगत रूपमा सांसदसँग भेट्न थालेका प्रधानमन्त्री बालेन्द्र शाहले तीन किसिमबाट समस्याबारे जानकारी लिएका छन् ।
कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने क्रममा उनले शुरुमै भने, ‘एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस् ।’
उनले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए ।तत्काल गरिहाल्नुपर्ने जरुरी कामका लागि आवश्यक पर्ने बजेट पनि मिलाउन सकिने, तर कामका लागि काम नभएर जनताले काम गरेको अनुभूति हुने खालका कामका विवरण उनले माग गरेका थिए ।
कतिपय जरुरी कामहरू आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरेर अगाडि बढाउन सकिने कारण प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा तीन किसिमका कामहरूको सूची मागेका छन् ।
सहभागी एक सांसदका अनुसार प्रायःले आवश्यकताहरू प्रस्तुत गरे । कतिपयले बुझेर रिपोर्ट दिने बताएका छन् ।

२०८२ चैत्र १६, सोमबार १६:१४ प्रकाशित
ट्रेन्डिङ समाचार