काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।ग्वार्कोको होटल रोयल दुलिपमा जारी कार्यक्रममा केही बेरअघि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गरेका हुन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ।सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने उनले बताए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो।
२०८२ चैत्र ३, मंगलवार १२:२३ प्रकाशित



