आठ सहसचिवको सरुवा


काठमाडौं
सरकारले विभिन्न मन्त्रलाय र निकायका आठ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई गृह, शहरी तथा स्थानीय तहमा पठाउने निर्णय गरेको हो । जस अनुसासर प्रशासन सेवातर्फका सहसचिव महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने डमरु प्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
यसैगरी इन्जिनियरिङ सेवातर्फका सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिष कुमार अर्याल, राम कुमार श्रेष्ठ र गौरी कुमार श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायमा खटाइएको छ ।

लोक सेवा आयोगबाट बढुवा भई आएका सहसचिवहरूलाई रिक्त पदमा व्यवस्थापन गरिएको हो।

२०८२ माघ २७, मंगलवार १८:३७ प्रकाशित
ट्रेन्डिङ समाचार