अधिकार प्राप्तिको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको संघर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष आवश्यक रहेको बताए।

प्रचण्डले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने उल्लेख गर्दै सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताएका छन्।

२०८३ श्रावण २४, आईतवार १०:५१ प्रकाशित
ट्रेन्डिङ समाचार