मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना


काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्यतया बदली रहनेछ भने हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी, गण्डकी र सुदूरपश्चिमका साथै बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

२०८३ श्रावण २४, आईतवार ०७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार