मिडिया काउन्सिल विधेयकमा सरोकारवालासँग सुझाव सङ्कलन


काठमाडौं ।  सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिल विधेयक, २०८३’ को मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन सुरु गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राप्त सुझावका आधारमा प्रेस स्वतन्त्रता, उत्तरदायी पत्रकारिता र स्वायत्त नियामक व्यवस्थालाई सुदृढ गर्ने गरी कार्यान्वयनयोग्य विधेयक तयार पारिने बताउनुभयो।

छलफलमा सहभागीहरूले विधेयक नियन्त्रणमुखी नभई स्वनियमन, सामाजिक उत्तरदायित्व, डिजिटल पत्रकारिता, कृत्रिम बौद्धिकता (एआई), डिपफेक, सामाजिक सञ्जालको नियमन तथा ‘राइट टु रिप्लाई’ जस्ता विषयलाई स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव दिएका छन्। साथै, काउन्सिलको संरचना, सदस्य नियुक्ति, क्षेत्राधिकार र पत्रकारितासम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

२०८३ श्रावण २२, शुक्रबार २०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार