सरकारद्वारा कर्मचारीको नयाँ तलबमान र सुविधा लागू


काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको संशोधित तलबमान, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता निर्धारण गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार मुख्य सचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ भने सचिव, सुरक्षा निकायका उच्च अधिकारी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद् सेवा तथा स्थानीय तहका कर्मचारीको तलब तथा सुविधा पनि नयाँ दरअनुसार समायोजन गरिएको मन्त्रालयले जनाएको छ।

https://drive.google.com/file/d/1pOAb06qphUTT1x1f-00is7TgjDXW7a5_/view?usp=sharing

२०८३ श्रावण २१, बिहीबार १२:०९ प्रकाशित
ट्रेन्डिङ समाचार