डानिएल मुनोजको गोलले कोलम्बिया अगाडि


काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोस्थित  एस्टेडियो एज्टेकामा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध १–० को अग्रता लिएको छ।

कोलम्बियाका डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। उनले लुइस डियाज को उत्कृष्ट पासमा वान–टच फिनिसिङ गरेका थिए।

विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानले संघर्ष गरिरहेको छ। टोलीको प्रशिक्षण जिम्मेवारी पूर्व इटाली कप्तान Fabio Cannavaro ले सम्हालेका छन्।

२०८३ असार ४, बिहीबार ०८:५० प्रकाशित
ट्रेन्डिङ समाचार