पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाट, नयाँ मापदण्ड अनिवार्य


काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिलाई अनलाइन स्वचालित प्रणालीमार्फत प्रदान गर्ने व्यवस्था लागू गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार यसअघि श्रम स्वीकृति प्राप्त गरेको सोही देश र कम्पनीका लागि मात्र स्वचालित प्रणालीबाट आवेदन दिन सकिनेछ।

साथै कम्तीमा तीन महिना वैध राहदानी, वैध भिसा, कम्पनीसँग करार सम्झौता, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान तथा आवधिक जीवन बिमा अनिवार्य गरिएको छ। विभागले तोकिएका शर्त पूरा नभएका आवेदन प्रणालीले स्वतः अस्वीकृत गर्ने जनाएको छ।

२०८३ जेष्ठ १९, मंगलवार ११:२५ प्रकाशित
ट्रेन्डिङ समाचार