हिमालय एयरलाइन्सको काठमाडौँ–शेन्जेन सिधा उडान जेठ २१ देखि


काठमाडौँ ।  हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नयाँ सेवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा दुई उडान हुनेछन्।

काठमाडौंबाट मङ्गलबार र बिहीबार तथा शेन्जेनबाट बुधबार र शुक्रबार उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ। कम्पनीका उपाध्यक्ष  विजय श्रेष्ठ ले नयाँ उडानले नेपाल–चीनबीच पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

चीनको प्रमुख प्रविधि तथा आर्थिक केन्द्र मानिने शेन्जेन सँगको प्रत्यक्ष हवाई सेवाले यात्रु, विद्यार्थी, व्यवसायी र लगानीकर्तालाई सहज आवागमनको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

२०८३ जेष्ठ १९, मंगलवार ०८:५८ प्रकाशित
ट्रेन्डिङ समाचार