कर्मचारी र शिक्षकको तलब र भत्ता गरि २१ प्रतिशत सम्म वृद्धि,अब न्यूनतम तलब ४० हजार


काठमाडौं ।सरकारले निजामती कर्मचारीको तलब र भत्ता गरि २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तलब वृद्धि गरिएको जानकारी दिएका हुन् ।अब न्यूनतम तलब ४० हजार कायम हुने जनाइएको छ । सरकारले बेसिक तलबमा १० प्रतिशत, तथा सबै कर्मचारीका लागि १० प्रतिशत प्रोत्साहन भत्ता गरी २१ प्रतिशत सम्म बृद्धि गरेको हो । यही सुविधा शिक्षकको लागि पनि कायम गरिएको छ ।
सरकारले अब कर्मचारीको तलब हरेक वर्ष पुनरावलोकन गर्दै वृद्धि गर्ने व्यवस्था मिलाइने पनि जनाएको छ । बजेट भाषणमा अर्थमन्त्री वाग्लेले निजामती प्रशासनमा व्यापक दरबन्दी कटौती गरिने संकेत समेत गरेका छन् ।

लामो समयदेखि तलब वृद्धि नभएको भन्दै कर्मचारी वृत्तबाट सरकारमाथि दबाब बढ्दै आएको थियो । करिब ३–४ वर्षपछि सरकारले तलब वृद्धि गरेको हो ।

२०८३ जेष्ठ १५, शुक्रबार १७:४३ प्रकाशित
ट्रेन्डिङ समाचार