थाल ठटाउँदै सरकारविरुद्ध सुकुम्बासीहरुले गरे सडक प्रदर्शन
काठमाडौ
सुकुम्बासीको बस्तीमा जबर्जस्ती डोजर चलाएर उठिबास लगाएको भन्दै भूमिहीन र सुकुम्बासीहरुले थाल चम्चा बोकेर विरोध प्रदर्शन गरेका छन् ।
सुकुम्बासी बस्तीमा क्रूरतापूर्वक डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको भन्दै उनीहरुले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।
संयुक्त सुकुम्बासी मोर्चा नेपालले आह्रान गरेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले थाल, चम्चा बोकेर विरोध गरेका हुन् । उनीहरुले सरकारी रवैया नरोकिए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले मानवअधिकारको सम्मान गर, विकासका नाममा विस्थापन बन्द गर, सुकुम्बासीको रगतले रंगिएका हात कहाँ गएर धुन्छौं लगायत नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।
२०८३ बैशाख २५, शुक्रबार १७:१३ प्रकाशित


