काठमाडौ
प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले आज बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । सो बैठकले ६ जना वरिष्ट न्यायाधीशमध्येबाट एकजनालाई प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्नेछ ।
यस अघि न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । सरकारले यिनै सिफारिस भएका ६ मध्ये एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने छ । यस अघि सर्वोच्च अदालतमा परम्परा तोडिएको छैन् । परम्परा अनुसार सबैभन्दा जेष्ठ न्यायाधीश प्रधानन्यायाधीश हुदै आएका छन् । यस हिसाबले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल नै प्रधानन्यायाधीश हुनुपर्ने देखिन्छ तर प्रधानमन्त्री बालेनले परम्परालाई निरन्तरता राख्लान् की क्रमभंग गर्लान् ? त्यो भने प्रतिक्षाकै विषय भएको छ ।


