काजमा बसेको पदाधिकारीको काज फिर्ता
काठमाडौ
सरकारले निजामती कर्मचारीका ट्रेड युनियन कार्यालयहरु बन्द गरेको छ ।अध्यादेश मार्फत निजामतीका ट्रेड युनियनहरु र आधिकारिक ट्रेड यूनियन समेत खारेज गरेको सरकारले सबै कर्मचारीका ट्रेड युनियन कार्यालयहरु बन्द गराउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सरोकारवाला निकायलाई पत्राचार गर्दै विभिन्न निकायमा रहेका निजामती कर्मचारीसँग सम्वन्धित ट्रेड युनियन, आधिकारिक ट्रेड युनियन , विभागीय वा अन्य समितिका कार्यालयहरु बन्द गरी उक्त समिति र समितिमा आवद्ध रहेका कर्मचारीहरुले ट्रेड युनियन प्रायोजनका लागि कार्यालय भवन , कार्यकक्ष , सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पति उपयोग गरेको भए सम्वन्धित कार्यालयलाई फिर्ता गर्न भनेको छ । साथै मन्त्रालयले ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आवद्ध भएका कर्मचारीहरुलाई तोकिएको दरवन्दि अनुसारको कार्यजिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन पनि सचिवस्तरीय निर्णयद्धारा निर्देशन गरिएको छ ।


