राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय छलफल बालुवाटारमा शुरू, निर्वाचनमा केन्द्रित


काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय छलफल शुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अगाडि शुरू भएको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी छन् ।निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटकको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहेका प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

छलफलमा राजनीतिक दलबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।
यसैगरी जेनजी प्रतिनिधिहरू मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन राना मगर छलफलमा सहभागी रहेका छन् ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०८२ कार्तिक १२, बुधबार १९:१९ प्रकाशित
ट्रेन्डिङ समाचार