भ्रष्टाचारीलाई कडा कारबाही हुन्छ : ऊर्जामन्त्री कुलमान घिसिङ


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन्। उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए।

देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनको भनाइ थियो।

उनले सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने बताए। जेनजी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिन नहुने उल्लेख गरे।

त्यसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिए। अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछाड्ने पनि उनले बताए।

२०८२ आश्विन १०, शुक्रबार १७:१३ प्रकाशित
ट्रेन्डिङ समाचार